खुस्बु ओलीको प्रश्न- मन्त्रीको काम व्यक्तिलाई फोन गरेर ग्यास बाड्ने हो ?

२६ श्रावण, २०८३, मगलवार
सारांश
  • प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले जनता तातो घाममा ग्यासको लाइनमा बसेको मन्त्रीले नदेखेको भन्दै दुई चार जनालाई ग्यास बाडेर हिडेको आरोप लगाएकी छन् ।

काठमाडौँ: राप्रपाकी सांसद खुस्बु ओलीले उद्योगमन्त्री गौरी कुमारीले आफ्नो आलोचना गर्नेहरुलाई फोन गरेर ग्यास वितरण गरिरहेको भन्दै प्रधानमन्त्रीले स्पष्टीकरण सोध्न माग गरेकी छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले जनता तातो घाममा ग्यासको लाइनमा बसेको मन्त्रीले नदेखेको भन्दै दुई चार जनालाई ग्यास बाडेर हिडेको आरोप लगाएकी छन् ।

 

उनले भनेकी छन्- 'उहाँले जनता तातो घाममा ग्यासको लाइनमा बसेको देख्नु भएको छैन । मन्त्रीको काम व्यक्ति व्यक्तिलाई ग्यास बाडेर हिड्ने हो ? कति जनालाई फोन गर्न सक्नुहुन्छ ? उहाँको जिम्मेवारी प्रणालीलाई काम गराउने हो । उहाँले व्यक्तिगत तवरबाट दया गरे जस्तो ग्यास बाडेर हिड्नु भएको छ । राज्यको दया होइन हामीले व्यवस्थापन खोजेका हौँ । राज्य प्रणालीको यसरी क्षयीकरणको गर्न मिल्दैन ।'

 

सांसद ओलीले प्रधानमन्त्रीले यस घटनामा मन्त्री गौरी कुमारीसँग स्पष्टीकरण लिन र समस्या समाधान गर्न माग गरेकी छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार